काठमाडौं । कुमारी बैंक लिमिटेड र सानिमा जिआइसी इन्स्योरेन्सकाे शेयर आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा खुलेको छ । दुबै कम्पनीको मर्जर सम्पन्न भई एकीकृत कारोबारपछि नेप्सेमा आजदेखि शेयर कारोबार खुला भएको हो ।
कुमारी बैंकको शेयर ‘केबीएल’ सिम्बोलमा कारोबारमा आउनेछ । बैंकको एकीकृत कारोबारपछि पहिलो पटकको शेयर खरिद बिक्रीका लागि नेप्सेले १८९ रुपैयाँ ५६ पैसा ओपनिङ्ग रेञ्ज दिएको छ । यहि कारोबार रेञ्जलाई आधार मानेर बैंकको शेयर कारोबार सुचारु हुनेछ ।
संयुक्त कारोबारपछि बैंकको १०० रुपैयाँ अंकित दरका कुल २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर सूचीकृत भएको थियो ।
यस्तै साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई सानिमा जिआइसी इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारपछि सानिमा जिआइसीको धितोपत्रको दोस्रो बजारमा ‘एसजिआइसी’ सिम्बोलमा कारोबार हुनेछ ।
एकीकृत संस्थाको पहिलो शेयर कारोबारका लागि नेप्सेले ३६७ रुपैयाँ ५० पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड कित्ता सूचीकृत छ ।
Comment