नबिल बैंकको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा, संस्थापकलाई पहिलो प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

नबिल बैंकको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा, संस्थापकलाई पहिलो प्राथमिकता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नबिल बैंकको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित : १५ आश्विन २०८३, बिहिबार १३:१८ 1 October, 2026 1:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।