तोलामा दुई सय रुपैंयाले बढ्यो सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा दुई सय रुपैंयाले बढ्यो सुनकाे मुल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्इ प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ।

बुधबार सुनको मुल्य प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मुल्य स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २८ पुष २०७९, बिहीबार ११:४१