क्रम्पटनले ल्यायो दसैँविशेष उत्सव योजना, २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

क्रम्पटनले ल्यायो दसैँविशेष उत्सव योजना, २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार



काठमाडौं। नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटनले विशेष उत्सव योजना सार्वजनिक गरेको छ।यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न उत्पादन खरिदमा उपभोक्ताले २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर समेत प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन योजनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सकिनेछ।

उपभोक्ताको खरिद प्रक्रियालाई थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। क्यासब्याक, बम्पर उपहार र सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेट्दै क्रम्पटनले परिवारसँग मनाइने दसैँको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा क्रम्पटनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। भदौ २६ देखि सुरु भएको यो विशेष उत्सव योजना सीमित अवधिसम्म मात्र कायम रहने छ।

प्रकाशित : 30 September, 2026 3:04 pm