काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले लघुवित्तलाई २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशन गर्न पुस १७ गते अनुमति दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Comment