काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न AIRDC को General Membership Meeting मा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएको हो। उनी AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहने छन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान र बीमा क्षेत्रको विकास एवं विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको AIRDC मा क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
AIRDC को आगामी Board of Trustees Meeting अप्रिल ६, २०२७ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ। यसैगरी, सन् २०२८ मा काठमाडौं, नेपालमा आयोजना हुने २५औँ AIRDC Conference को Local Organizing Committee का Chairman को जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्ने छन्। उक्त सम्मेलन सफलतापूर्वक आयोजना गर्न उनको नेतृत्वमा नेपाल तथा AIRDC का सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिनेछ।
AIRDC को उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्यहरू प्रवर्द्धन गर्न तथा नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई समेत AIRDC को सदस्यतर्फ प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
क्षेत्रीले AIRDC को उपाध्यक्षको जिम्मेवारी प्राप्त गरेकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।












Comment