घलेम्दी हाइड्रोले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

घलेम्दी हाइड्रोले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौ । घलेम्दी हाइड्रो लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि यस कम्पनीको साधारण सभामा लगिनेछ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद शेयर निष्कासन हुनेछ ।

कम्पनीले सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत शेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १२:०९