तोलामा १०० रुपैयाँले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा १०० रुपैयाँले घट्यो सुनको मुल्य



काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुुनको मुल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मुल्य ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : 4 November, 2022 11:49 am