राधी विद्युतले पायो हकप्रद शेयर निष्कासनका लागि अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राधी विद्युतले पायो हकप्रद शेयर निष्कासनका लागि अनुमति



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले १४७ दशमलव ५२ प्रतिशत स्वीकृति पाएको हो ।

राधीले यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयरपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम भएको छ । सोही पूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो ।

यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार ११:१८