मर्जर पछि ठूला परियोजनामा लगानी गर्न सिभिल बैंकलाई बल पुग्छः सिइओ किशोर महर्जनको अन्र्तवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मर्जर पछि ठूला परियोजनामा लगानी गर्न सिभिल बैंकलाई बल पुग्छः सिइओ किशोर महर्जनको अन्र्तवार्ता



जुनबेला सिभिल बैंकको स्थापना भयो, त्यो समय बैंकिङ क्षेत्र लगानी योग्य पुँजी (तरलता) को चरम मारमा परेको थियो । यस्तो अवस्थामा स्थापना भएर पनि  सिभिल बैंकले उल्लेख्य सफलता हासिल गरेको छ । केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा समेत बैंकले लगानी गर्दै आएको छ । यसै सेरोफेरोमा रहेर बैकको अहिलेसम्मको उपलब्धी र आगामी दिनका लक्ष्यको बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसंग गरिएको कुराकानीः

kishor-maharjan

सिभिल बैंकको  स्थापनाकालमा बेला बैंकिङ क्षेत्रमा  तरलता (लगानी योग्य पुँजी) को चरम अभाव थियो । त्यो समयमा बैंकले जुन लक्ष्य लिएर स्थापना भएको थियो । आजको दिन सम्म आइपुग्दा  कस्ता उपलधीहरु हासिल गर्न सफल भयो ? 

परिसुचकको हिसाबमा हामीले सोचेको भन्दा उपलब्धी अलि कम भएको छ । तर, भोलुममा हेर्ने हो भने हामीले सोचे भन्दा बढी नै भएको छ । आज भन्दा करिब ६ बर्ष अगाडी हामी सञ्चालनमा आउदा २ अर्ब पुँजीले कति व्यापार गर्ने भन्ने योजना बनाएर केन्द्रिय बैंकलाई समेत बुझाएका थियौ । त्यो हिसाबले हेर्दा कुनै परिसुचक टाइट थियो होला कुनै परिसुचकमा उपलब्धीहरु बढी देखिन्थ्यो । तर, हामीले बिजनेस गर्दा गर्दै बजार कस्तो अबस्थामा पुग्यो भने तरलता निकै टाइट, ब्याजदर १२ प्रतिशत भन्दा माथि, बिजनेस भोलुम बजारमा नबढेको अवस्था, धैरै बैंक तथा वित्तीय संस्था र नबढेको बिजनेसको भागमा सबैले त्यसैमा लुछालुछ गर्नुपर्ने अवस्था थियो । त्यो अबस्थामा प्रोफिटको प्रेसर त छदै थियो । तरलताको समस्या एकातिर रहदै गरेको अवस्थामा हामीले २ बर्षको दौरानमा आइपिओ जारी गरेर दुइ अर्ब पुँजी पुग्दा समेत क्यापिटललाइजको रेसियोले  बिजनेस बढाउनमा असहज परिदियो ।

त्यस पछि तुरुन्तै तेस्रो बर्षमा क्यापिटल कसरी बढाउने भन्ने कुरालाई अगाडी बढाउदै गर्दा मर्जरमा गयौँ । मर्जर जाने गृहकार्य गर्दा गर्दै एक्सीस डेभलपमोन्ट बैंक र सिभिल मच्र्चेन्ट वित्तीय संस्थालाई लियौँ । त्यस पछि हाम्रो २ अर्ब ६९ करोड चुक्ता पुँुजी पुग्यो । त्यस्तै चौथो बर्षमा बोनस सेयर मार्फत ३ अर्ब आठ करोड पुग्यो । त्यही बीचमा अर्को एउटा सस्था मर्जमा लिने योजना बनाउदै गर्दा नयाँ मौद्रिक निति जारी भयो । त्यसमा सबै बैंकहरुले पुँजी पु¥याउनु पर्ने त्यसमा पनि वणिज्य बैंकले २ अर्ब बाट सिधै आठ अर्ब पु¥याउनु पर्ने बाध्यकारी ब्यवस्था आयो । त्यस पछि अहिले आइएलएफसीसंग मर्जरको प्रोसेसमा छौँ । अब बैक बिस्तारै बलियो बन्दै गएको छ ।

यो दौरानमा धेरै कुराको अनुभव तपाईहरुले लिनुभयो । बैंक चलाउनको लागि कति पुँजी आवश्यक पर्दो रहेछ ?

यसमा ओर्नसको निर्णय अनुसार हुन्छ । हामी बैंकका व्यवस्थापक हौँ । ओनरको निर्णय अनुसार काम गर्ने हो । बिजनेस गरेर नीति र नियममा आबद्ध भएर नाफा कमाइ दिने हो । बोर्ड अथवा प्रमोटर्सहरुलाई यति सम्म व्यापार गरेर यति रिटर्न भए पुग्छ भन्ने फिलोसोफि छ भने त्यही  हिसाबबाट जान सकिन्छ । २ अर्ब क्यापिटलले पनि पुग्थ्यो । तर २ अर्ब क्यापिटलले कति व्यापार गर्न सकिन्छ भन्दाखेरि ग्रोथ एअर एन्ड एअर ग्रोथ सोल्लो हुन्थ्यो होला । किनभने २ अर्ब क्यापिटलले १८ देखि १९ अर्ब म्याक्सिमम लोन बोक्न सक्छ, पहिलो केही बर्ष । किनभने एलसि व्यापार गर्नु प¥यो त्यस्तै अरु व्यापार पनि ओनरसिपमा आउछ । हरेक सम्पतीमा रिक्सवेटेज असाइन गर्दाखेरि भएको क्यापिटलाई भाग लगाउदै जानुपर्छ । यहि हिसाबले प्रमोटरहरुले चित्त बुझाएर अगाडी बढ्न सक्छन भने त्यही अनुसार जान पनि सकिन्छ । यती नै क्यापिटल चाहिन्छ भन्ने छैन । यहि हो कि फरक दुइ अर्ब क्यापिटल भएको खण्डामा प्रति कम्पनी लोन दिन सक्ने क्षमता भनेको २५ देखि ३० प्रतिशत नै हो । अर्थात ५० करोड देखि ६० करोड सम्म मात्रै हो । त्यो भन्दा बढी लोन दिन सक्दैनौँ  जति सुकै ठूलो प्रोजेक्ट आए पनि हाम्रो लिमिटेसन त्यही हुन्छ । तर, क्यापिटल २ बाट आठ अर्ब हुनु भनेको त्यसको ३० प्रतिशत भनेको २ अर्ब ४० करोड हो । यस हिसाबले हेर्दा एउटै प्रोजेक्टलाई २ अर्ब भन्दा माथि लोन दिन सक्षम भयौँ । २ अर्ब पुँजी हुदाको बखत ५० मेगावाट र १०० मेगावाटका हाइड्रो प्रोजेक्ट आयो भने २० वटा बैंक जुटेर पनि त्यो पुँजी जुटाउन कठिन हुन्थ्यो । आज ८ अर्ब पुगे पछि ५ देखि ६ वटा बैंकले पनि त्यो पुँजी जुटाउन सहजै सक्छ । आफु कुन लिकमा बस्ने हो भन्ने बिचार प्रमोटरले गर्नु पर्छ ।

प्रमोटरको इच्छामा पुँजीको आवश्यकता निर्धारण हुन्छ भन्ने कुरा गर्नु भयो । तर, नियामक निकायले त तपाईहरुलाई पुँजी बढाउन त बाध्यकारी बनायो नि हैन ?

मौद्रिक नीति मार्फत पुँजी बृद्धिको योजना ल्याउनुको मुख्य उद्देश्य भनेका नेपालको अर्थतन्त्रलाई हेर्ने हो भने चाहिने भन्दा बढी बैंक तथा वित्तीय सस्था हुँदा अस्वस्थ प्रतिस्पर्धा भयो र समस्या धेरै भयो भन्ने कुरा विश्व बैंक र आइएफबाट आएको हो ।  हामीले पनि मुल्यांकन ग¥यौँ र केन्द्रिय बैंकले पनि मुल्यांकन गरेर नै नीति ल्याएको हो । किन्भने हामी भन्दा ५० गुना सय गुना अर्थतन्त्र भएको मुलुकमा यहाँ भन्दा कम बैंक तथा वित्तीय सस्था छन् ।

हामीकहाँ धेरै बैंक भएर नै समस्या आएको हो भन्ने हिसाबले कसरी घटाउने भन्दा पुँजी बृद्धिको कुरा ल्याउदा  सस्थाको क्षमता बढ्छ र संस्थाको संख्या घटेपछि प्रतिस्पर्धा पनि स्वस्थ हुन्छ भन्ने हिसाबले मर्जर र पुँजी बृद्धिको कुरा ल्याउनु पर्ने बाध्यता भएको हो । जुन सोचाइमा मौद्रिक नीति आएको थियो । त्यो सोचाईले काम चै गरेन । किनभने त्यसताका ३२ वटा बैंकहरु थिए । यो चै घटेर १२ देखि १४ वटामा पुग्छ भन्ने सोचाई थियो । अहिले २८मा आएर अड्कीयो । यसले ख वर्ग र ग वर्गको बैंकलाई समेट्दै ल्याए क वर्गका बैंकहरुले  । किनभने ख र ग वर्गका बैंकहरुलाई बढेको पुँजीमा व्यापार गर्नको लागि त्यती सहज छैन । व्यापार नबढेको अवस्थामा बैंकहरुले आफुले कहिले पनि नगरेको क्षेत्रमा लगानि गर्न थाले त्यसले गर्दा ख वर्गको र ग वर्गका वित्तीय संस्थाले गर्ने व्यापार पनि गर्न थाले । होम लोन, अटो लोन त्यती थिएन यसमा लागे । हुँदा साना साना ५ देखि १० लाख सम्मको लोनमा समेत लाग्न थाले यसले गर्दा ख र ग वर्गको बैंक तथा वित्तीय संस्थालाई अगाडी बढ्न झन कठिन हुँदै आयो । यसले गर्दा धेरै सस्थाहरु क वर्गसंग जोडिन आए ।

सिभिल बैंकले कस्तो कस्तो क्षेत्रमा आफ्नो लगानी बढाउदै गएकोे छ ?

हामीले लगानी गर्दा पोर्टफोलियो बनाउछौ । हरेक बर्षमा हुने गर्छ । ३।३ महिनामा समिक्षा गरेर कुन कुन क्षेत्रमा ग्रोथ छ र कुन मा छैन । कुन क्षेत्र नयाँ आउदै छ भन्ने बिषयलाई हेर्दै आएका छौँ । अहिले विभिन्न उद्योग र आयोजनामा लगानी बढाउदै लगेका छौँ ।

सुचना प्रविधीको बढ्दो प्रयोगलाई मध्यनजर गरेर बैंकले कस्ता योजनाहरु अगाडी ल्याएको छ ?

सुचना प्रविधीले गर्दा बैंकिङको सिस्टमलाई निकै सहज बनाएको छ । कुनै पनि विकसित मुलुकको दाजोमा बैंकिङ कारोबार गर्दै आएका छौँ । आइटी भनेको चिज यस्तो भयो कि नेपालमा महिना दिनमा आइपुग्छ । अहिले हामीले प्रयोग गर्ने सफ्टवेर अमेरिकामा प्रयोग गरेका छौँ । अमेरिका र युरोपले गर्ने मेकानिजम हामीसंग पनि छ । त्यसलाई कसरी प्रयोगमा लिएर जाने भन्ने कुरा प्रमुख हो । अर्को भनेको कति सुरक्षित हिसाबले कारोबार गर्न सक्छौँ भन्ने नै हो । अहिले साइबर सुरक्षा प्रमुख समस्या छ । यो चुनौँतीलाई सामाना गर्ने भन्ने हो । यस हिसाबले हामीले एटिएम, मोवाइल बैंकिङ,  ब्राञ्चलेस बैंकिङमार्फत वित्तीय सेवा विस्तारमा हामी निकै अगाडि छौं ।

बैंकको वित्तीय अवस्था कस्तो छ ?

अहिले हामी छैठौँ बर्षमा छौँ । २६ अर्बको लोनको पोर्टफोलियो र ३२ अर्बको डिपोजिटको पोर्टफोलियो छ । असार मसान्त सम्म ३ अर्ब ९ करोडको क्यापिटल पोजिसन छ । यो अबस्था सम्म आइपुग्नु भनेको ठूलो उपलब्धी हो । जुन बेला हामी सञ्चालनमा आयौँँ त्यो बेला निकै क्रिटिकल समय थियो । पुराना बैंकहरुलाई यो पोजिसनमा आइपुग्न १५ बर्ष लाग्यो । हामी चै यो अबस्थामा ५ बर्षमा नै आइपुग्यौँ । यस हिसाब हामी सन्तोषजनक नै छौँँ ।

अब ५ बर्ष भित्र सिभिल बैंकलाई कुन स्थानमा देख्न सकिन्छ ?

अहिले हामीले बिजनेस बढाउदै छौँ । पुँजी पनि बढ्दै छ । तर, गाह्रो छ । सन्तोषजनक रुपमा अर्थतन्त्र अगाडी बढ्न सकेको छैन । अब ८ अर्ब पुँजी पुग्दै छौँ । यहि बर्षमा हामी २६ अर्बको पोर्टफोलियोबाट हामी कमसेकम ४० अर्ब पोर्टफोलियो पु¥याउनै पर्छ । हैन भने हाम्रो आरोही बिलो ५ प्रतिशत हुन्छ । र अर्को सालमा ५५ देखि ६० अर्बको बीचमा पोर्टफोलियो पुग्नै पर्छ । त्यस पछि ७० देखि ७५ अर्बको पोर्टफोलियो पुगे पछि ७७ साल सम्म मजबुत हुन्छौँ । यदी थप बढाउने अवस्था नभएको खन्डमा । ८ अर्ब नै रहिरयो भने । आठ पछि १६ अर्बको हल्ला छ । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स (आइएलएफसी) फाइनान्सबीच मर्ज हुदै छ । यस पछि बैंकको शाखा ५४ पुग्छ । युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने निर्णय भै सकेको छ ।  यो मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने छ । यस्तै अर्को एक सस्था पनि हामी किन्ने तयारीमा छौँ । यस्तै  सिभिल क्यापिटललाई लिएका छौँ । अब त्यसलाई बढाएर म्युचुवल फन्ड र पोर्टफोलियो म्यानेजम्यान्टको काम पनि गर्दै छौँ । साभार विजनेस प्लस

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार ०३:००