काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको देखिन्छ।
चैतका लागि ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने १७ बैंकको अघिल्लो महिनाकै यथावत रहेको छ । ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंक रहेका छन् ।
फागुनको तुलनामा चैतमा मुद्दति निक्षेपको ब्याजदर अैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ। औसतमा फागुनको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजद औसत ब्याजदर ६.०१ प्रतिशत निर्धारण भएको थियो ।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा ग्लोबल आइएमई, कुमारी र सिटिजन्स रहेका छन्। चैतमा ग्लोबल आइएमईले बढाएर ६ प्रतिशत, कुमारी ६.०१ प्रतिशत र सिटिजन्सले ५.८५ प्रतिशत कायम गरेका छन्। फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबलले ५.७५ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत, सिटिजन्सले ५.५ प्रतिशत दिएका थिए।
यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउनेमा हिमालयन र नेपाल बैंक रहेका छन्। फागुनमा हिमालयन बैंकले ६.२५ प्रतिशत दिएकोमा चैतमा घटाएर ५.५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट घटाएर ५.५० प्रतिशत कायम गरेको छ।
राष्ट्रियस्तरका विकास बैंकले के गरे ?
बैंकहरुले चैतमा लागू हुने ब्याजदर आज फागुन २९ गते प्रकाशित गरेका छन्। प्रकाशित सूचनाअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले फागुनकै मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई चैतका लागि निरन्तरता दिएका हुन्।
राष्ट्रियस्तरका विकास बैंक मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, ज्योति, लुम्बिनी र सांग्रिलाले फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिएका थिए। चैतमा पनि सोही ब्याजदरलाई उनीहरुले निरन्तरता दिएका छन्।
Comment