काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि ६ विदेशी कम्पनीहरु छनोट गरेको छ । बुधबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत १० जनवरी २०२५ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत ६ विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस परेको बैंकले जनाएको छ ।
बैंकले यसअघि नेपाली रुपैयाँ बैंक नोट डिजाइन, छपाई तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो । सोही बोलकबोलमार्फत परेका आवेदनहरु मध्येबाट बैंकले प्राथमिक चरणमा ६ कम्पनीलाई छनोट गरेको हो ।
Comment