मजदुरले बोनशको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मजदुरले बोनशको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण



काठमाडौं । सीजीब्रुअरी प्रा. ली.मा कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार व्यवस्थापनले विज्ञप्तीमार्फत यस्ता औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय रहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालनभई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन् । र, यस्ता गैर कानूनीक्रियाकलापको समाधानकानूनबमोजिमहुने कुरामाकम्पनी स्पष्ट रहेको जानकारी गराईन्छ ।

कम्पनीले यस्ता गैर कानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी दिएको छ । सी. जी. बु्रअरीले आफ्ना मजदुर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको सबैलाई विदितै छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्वन्ध विग्रिएको अवस्थामा समेत सी.जी. इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरवीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ । सीजीब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर/कर्मचारीलाई विगतबर्षहरुमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसकोगम्भिर नकारात्मक असर सी जीबु्रअरीमा परेको छ । अघिल्लो बर्षको तुलनामा सीजी बु्रअरीका उत्पादनको विक्रिमा २५ प्रतिशतले ह्रास आएको छ । यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ ।

तर, कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनिय छ । आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनु पर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने ब्यहोरा स्पष्ट रुपमा जानकारी गराईन्छ ।

देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमता ८० प्रतिशतसम्मले गिरावट आएको तथ्याङ्क सार्वजनिक भएकै छन् । यसले देशको बिग्रदो औद्योगिक अवस्थाको चित्र सबैको सामु ल्याइ दिएको छ । यस पृष्ठभुमिमा देशमा औद्योगिक सम्वन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुन्छ र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरू थप समस्यामा पर्नेछन् भन्ने पनि देखिन्छ ।

त्यसैले यस्तो परिस्थितीप्रति गम्भिर बन्न, औद्योगिक सम्वन्धलाई सुमधुरकायम राख्न, उश्रृंखल गतिविधिहरूलाई कानूनी दायरामा ल्याउन र कठिन परिस्थितीमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याईरहेका उद्यमीहरूको मनस्थितीलाई थप कमजोर हुनबाट जोगाउनका लागि सम्वन्धित निकायहरू गम्भिर बन्न जरूरी छ । हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुन सक्ने अवस्थाप्रति सजग रहन पनि हामी सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छौँ ।’

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार १६:२८