सूर्योदय वोमी लघुवित्तले ६ करोड २६ लाख रुपैयाँ बराबरको बोनस सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्योदय वोमी लघुवित्तले ६ करोड २६ लाख रुपैयाँ बराबरको बोनस सेयर



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१६.७२ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ७ करोड ३० लाख ५६ हजार ६४२.१७ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने १ करोड ४ लाख ३६ हजार ६६३.१७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार १२:०३