गरिमा विकास बैंक  १८औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

गरिमा विकास बैंक  १८औं वर्षमा प्रवेश



काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १७ बर्ष पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट १७ वर्ष अगाडि बैंकको स्थापना भएको थियो ।

कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । यसले, २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका-३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले त्यस समयको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपश्चात् २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको हो ।

बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रकाशित : ७ मंसिर २०८१, शुक्रबार ०८:२७