बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको आग्रह



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले २०७९ कात्तिक २१ गते भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पुर्ण अभिकर्ता र सर्भेयरहरुलाई लासेन्स नवीकरण गर्न आग्रह गरेको हो ।

प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९४ अनुसार २०८० मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न भनेको छ । उक्त समय पश्चात पनि इजाजतपत्र नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र स्वतः रद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार १३:४७