काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीका लागि ‘एआई इन कोअपरेटिभ’ विषयक दुईदिने विशेष तालिम सम्पन्न गरेको छ।
संस्थाको सभाहलमा साउन ३० र ३१ गते आयोजित तालिममा कर्मचारीलाई दैनिक कार्यसम्पादनमा प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने उपाय तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत संस्थागत दक्षता अभिवृद्धि गर्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षक गोपाल किसीले सहकारीको दैनिक कार्यसम्पादनमा एआईको उपयोग, प्रविधिमैत्री कार्यशैली तथा सेवा प्रवाहमा एआईको प्रभावकारितालगायत विषयमा प्रशिक्षण दिएका थिए।
तालिमले कर्मचारीको कार्यक्षमता र प्रविधि प्रयोगसम्बन्धी दक्षता अभिवृद्धि गर्दै सदस्यलाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न योगदान पुग्ने संस्थाले जनाएको छ।


Comment