विश्व बैंकले १५ अर्ब ८४ करोड अनुदान दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्व बैंकले १५ अर्ब ८४ करोड अनुदान दिने



काठमाडौं । विश्व बैंकले नेपाललाई १२० मिलियन डलर अनुदान दिने भएको छ। विश्व बैंकको शुक्रबार बसेको बोर्ड बैठकले नेपाललाई १२० मिलियन डलर अनुदान दिने निर्णय गरेको हो ।

यो नेपाली रुपैयाँमा १५ अर्ब ८४ करोड ४५ लाख बराबरको हुन आउँछ। विश्व बैंकले दिएको यो रकम विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत भौतिक संरचना निर्माण, मर्मत र शिक्षकको क्षमता विकास लगायतका कार्यक्रम छन्।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार ०८:०९