राजश्व संकलन नकारात्मक दिशातिर माेडिदै‌, ६ महिनामा राजश्व २४‍.८ प्रतिशतले कमि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राजश्व संकलन नकारात्मक दिशातिर माेडिदै‌, ६ महिनामा राजश्व २४‍.८ प्रतिशतले कमि



काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राजश्व संकलन नकारात्मक दिशातिर माेडिदै अर्थ मन्त्रालयले जनाएको छ । आइतबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्मथन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा २४‍.८ प्रतिशतले राजश्व कमि आएको बताएका हुन् ।

उनले विगत ५५ वर्षपछि नेपालको राजश्व संकलन नकारात्मक दिशातिर गएको समेत बताए । यो स्थिति आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक भएको उनले बताए । अर्थमन्त्री पौडेलले बजेट सन्तुलन कायम गर्न सरकारी खर्च घटाउने कठोर कदम चाल्नु पर्ने पनि बताए ।

उनले विभिन्न समयमा सिर्जना गरिएका तत्कालीन तथा दीर्घकालीन प्रकृतिका दायित्वहरुले स्रोत व्यवस्थापनमा झनै अफ्ठ्यारो भएको बताए । साथै, चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दा बजेट सन्तुलन कायम गर्ने, खर्चको प्राथमिकरण गरी गुणस्तर बढाउने, पुँजीगत खर्च वृद्धिमा जोड दिने, अत्यावश्यक बाहेकका खर्च कटौती गरी मितव्ययिता कायम गर्ने तथा राजश्व प्रशासनलाई चुस्त बनाउँदै कर परिकल्पना बढाउने र चुहावट नियन्त्रणमा कडाइ नीति लिएको पनि बताए ।

उनले पुस मसान्तसम्म ६ अर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर रावश्व संकलन गर्ने लक्ष्य रहेकोमा २४.८ प्रतिशतले कमी आई ४ अर्ब ९० अर्ब ४ करोड रुपैया संकलन भएको बताए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले राजश्व संकलनमा कमी आएको हो ।

समीक्षा अवधिमा वैदेशिक अनुदान ७ अर्ब २१ करोड, वैदेशिक ऋण २८ अर्ब ५७ करोड र आन्तरिक ऋण ३० अर्ब परिचालन गरिएको छ । यस्तै, चालु आवको ६ महिनामा कुल सरकारी खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३.७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष ११.९ प्रतिशतले बृद्धि भई ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ, पुँजीगत तर्फ ५.३ प्रतिशतले बृद्धि भई ५३ अर्ब ४५ करोड र वित्तीय व्यवस्थातर्फ ३७ प्रतिशतले बृद्धि भई ६७ अर्ब ७६ करोड खर्च भएको छ ।

रासायनिक मल खरिद तथा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीका लागि मात्र थप ६७ अर्ब बजेट व्यवस्था गर्नुपर्ने अवस्था रहेको छ । गत असार मसान्तमा सरकारको सञ्चित कोष ६६ अर्ब २ करोडले ऋणत्मक रहेकोमा हालसम्म १ खर्ब ३९ अर्ब ४१ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रकाशित : २९ माघ २०७९, आईतवार १७:५५