सुनको मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो



काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 12 February, 2023 11:20 am