काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार तोलामा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँ पुगेको छ।
Comment