वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड बीमा शुल्क आर्जन, सन नेपाल बन्यो पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड बीमा शुल्क आर्जन, सन नेपाल बन्यो पहिलो



काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार चालू आवको कार्तिक महिनासम्ममा ११ कम्पनीले १२ लाख १२ हजार ४६२ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन्।

कार्तिक महिनामा मात्र वैदेशिक रोजगार बीमाबाट ७७ लाख ४७ वटा बीमालेख जारी गरी ३२ लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा बढी सन नेपालले ५१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको । इन्स्योरेन्समा सक्रिय बीमालेखको संख्या ६ लाख ३७ हजार ६५ वटा रहेका छन्।

त्यस्तै, दोस्रोमा सूर्या लाइफले १७ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।यस अवधिमा इन्स्योरेन्समा सक्रिय बीमालेखको संख्या १ लाख १५ हजार ४८७ वटा रहेको छ । सिटिजन लाइफमा सक्रिय बीमालेखको संख्या एक लाख ४७ हजार ३८२ वटा रहेको छ । यस अवधिमा इन्स्योरेन्सले ८ करोड ३४ लाख बीमाशुल्क संकलन गरेको छ

ज्योतिले ११ करोड ७६ लाख, सानिमाले १० करोड ३ लाख, नेपाल लाइफले तीन करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांक छ । ज्योति लाइफको सक्रिय रहेको बीमालेखको संख्या एक लाख ४ हजार १८४, नेपाल लाइफमा ३७ लाख ४३४ र सानिमामा २३ हजार ६० वटा रहेको छ ।

यस्तै, आइएमई लाइफले ७ करोड ६३ लाख रुपैयाँ, रिलायबलले ४ करोड ५६ लाख, नेशनल लाइफले ७८ लाख रुपैयाँ र प्रभु लाइफले ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आइएमई लाइफमा १९ हजार ४०९ वटा, रिलायबलमा ११ हजार १८०, नेशनलमा ३५ हजार ८१७ वटा र प्रभु लाइफमा ८८९ वटा बीमालेख सक्रिय रहेका छन् ।

प्रकाशित : २२ मंसिर २०७९, बिहीबार १७:५९