एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा,साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा,साधारण सभा कहिले ?



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३४ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुकक्लोज गर्ने भएको छ।

यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 4 December, 2022 11:52 am