ज्योति विकास बैंक र दराज बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ज्योति विकास बैंक र दराज बीच सम्झौता



काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११.११ (कार्तिक २५ गते ) देखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

प्रकाशित : 4 November, 2022 12:31 pm