अरुण काबेलीको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अरुण काबेलीको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?



काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरका आधारमा शेयर मूल्य समायोजन गरेको हो।

मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ३६२.७३ रुपैयाँ पुगेको छ। नेप्सेले बिहीबारको अन्तिम शेयर मूल्यलाई समायोजन गरेको हो। ३९९ रुपैयाँ प्रति कित्तामा शेयरको अन्तिम किनबेच भएको थियो।

समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ।

बिहीबारसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। अरुण काबेलीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। जसका लागि कम्पनीले शुक्रबार बुक क्लोज गर्दैछ।

प्रकाशित : 4 November, 2022 11:04 am