काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।
योसँगै छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।
Comment