काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिक नेपाल-चीन सिमाना आसपास केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
Comment