सुनको मुल्य स्थिर, चाँदी घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदी घट्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेको हो।

आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मुल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर ११६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 26 September, 2022 12:04 pm