आजदेखि शुक्रबारको शेयर कारोबार नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आजदेखि शुक्रबारको शेयर कारोबार नहुने



काठमाडौं । आजदेखि शुक्रबार हुने गरेको शेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार आजबाट भने बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि शनिबारसहित आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आइतबार हुने कारोबारलाई पूर्ती गर्नका लागि शुक्रबार पनि कारोबार शुरु गरिएको थियो ।

हाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता गरिसकेको छ । यद्यपि शुक्रबार भने सेयर कारोबार भइरहेको थियो । शुक्रबार दुई घण्टामात्रै शेयर कारोबार हुँदा त्यसले समस्या ल्याएको भन्दै लगानीकताले विरोध गरेपछि नेप्सेले शुक्रबारको कारोबारलाई पुनः बन्द गरेको हो।

अब भने सातामा ४ दिनमात्रै शेयर कारोबार हुने छ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १२:४८