घूससहित पक्राउ परेका खुलाल विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घूससहित पक्राउ परेका खुलाल विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलाल विरुद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते पाँच हजारसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १६:५३