सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य तोलाको १०० रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 13 September, 2022 11:20 am