सेयर बजारकाे ओरालो यात्रा कायमै, कारोबार रकममा भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारकाे ओरालो यात्रा कायमै, कारोबार रकममा भने सामान्य सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरन्तर घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको दाेस्राे दिन आज साेमबार पनि नेप्से १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ७० विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

त्यस्तै, नेप्सेमा अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने उकालो लागेको छ । नेप्सेमा ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेमा ७४ करोड ७२ लाख २६ हजारको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका २२५ कम्पनीहरुमध्ये २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।युनाइटेड इदीमार्दी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। यी कम्पनीको शेयरमुल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाख ५४ हजार भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १५:२६