इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लागनी गर्ने भएको छ । कम्पनीले इमर्जिङ्ग भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीले संस्थापक शेयरधनी भई कम्पनी ऐन अनुसार स्थापित भएको इमर्जिङ्ग भेन्चर लिमिटेडमा प्रति कित्ता १०० रुपैयाँका दरले ६ लाख ५० हजार कित्ता शेयरको हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने कबुल गरेको हो ।

कम्पनीले कबुल गरेको उक्त रकम इमर्जिङ्ग भेन्चर लिमिटेडले माग गरेको समयमा भुक्तानी गरिने जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार १६:१५