काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको बर्तमान आर्थिक चुनौति गम्भिर रुपले अगाडी बढेको बताएका छन् । तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र ‘आयात निषेध कि निर्यात वृद्धिु’ शीर्षकमा बोल्दै गोल्छाले अर्थतन्त्रमा देखिएको यो चुनौति दिर्घकालिन रुपमा रहने भन्दै यसको कारण ग्रासरुट तहमा समस्या आएको बताएका हुन् ।
उनले शोधानान्तर स्थितिको समस्या अहिले हट्दै गएको र अहिले आर्थिक समस्याको जरो लघुवित्त र सहकारीको समस्याले आर्थिक क्षेत्रमा तरलताको अभाव भएको बताएका छन् । यसले मुल्य पनि बढेको र डिमाण्ड पनि बढ्नो र्सिजना भएको उनको भनाई छ । उनले भने, ‘हाम्रो निर्यातमूखी अर्थतन्त्र नभएर आयातमा आधारित अर्थतन्त्र मात्रै भैरहेको छ । जति पनि रेमिट्यान्स देशमा आएको छ, त्यसको धेरैजस्तो भाग आयातमा खर्च भएको छ । त्यसैले अर्थतन्त्रमा चुनौती आएको छ ।’
यो एउटा गम्भिर समस्या रहेको भन्दै यस्तो समस्या रोक्ने सामर्थ तत्काल नरहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने उपाय भनेको निर्यातमूखी नीति लिएर आयातलाई प्रस्तिस्थापन गर्दै जानेबारे सोच्नुपर्ने उनको भनाइ छ ।
Comment