काठमाडौं । बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गरेका थिए । छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको अर्थमन्त्री शर्माले बताए ।
त्यसैगरी, हाल कायम रहेको बीमा ऐन, २०४९ ले बीमाका सबै विषय समेट्न नसकेकोले निकै लामो समयदेखि यो विधेयकको आवश्यकता महशुस गरेको र यस विधेयकबारे अर्थमन्त्रालयमा विभिन्न चरणमा बीमा समिति र सरोकारवालाहरूसँग सबैसँग छलफल र अन्तरक्रिया गरेको उनले बताए ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोेजिम बैंक तथा वित्तीय संसथा नियमन गर्नुपर्ने व्यवस्था गर्न बीमा क्षेत्रको नियमन गर्न सोही कानूनी व्यवस्थालाई आधार मानि तयार गरिएको उनले बताए । बीमाको लागि सबै विषय प्रस्तुत विधेयकमा समेटिएको उनको भनाइ छ ।
बीमामार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने उनको भनाइ थियो ।
Comment