काठमाडौं । केही दिनदेखि निरन्तर रुपमा घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकले बढेको छ ।आज नेप्से ६.६८ अंकले बढेर एक हजार ९ सय ७७ दशमलब ३० विन्दुमा बन्द भएको हाे ।
त्यस्तै, कारोबार रकम भने आज ओरालो लागेको छ । आज नेप्सेमा एक अर्ब ७ करोड १६ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२७ वटा कम्पनीमध्ये ११३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा रु रु जलविद्युत्त कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८४.५० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी वापर कम्पनीको भएको छ । यसको आज ८ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।
Comment