वैदेशिक रोजगार बीमाबाट २४ करोड ५४ लाख आर्जन, कुनमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमाबाट २४ करोड ५४ लाख आर्जन, कुनमा कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट चालु आर्थिक वर्षको साउन महिनामा २४ करोड ५४ लाख ८५ हजार रूपैयाँ आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार ७ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्यांकअनुसार यस अवधिमा कम्पनीहरूमा म्यादी बीमालेख संख्या ५९ हजार ६१२ वटा पुगेका छन् भने कुल सक्रिय रहेको बीमा लेखको संख्या ८ लाख ७८ हजार ७७१ वटा पुगेको छ ।

यस अबधिमा वैदेशिक रोजगार बीमाबाट सन नेपाल लाइफले सबैभन्दा बढी १३ करोड ४ लाख ८३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ४ करोड ९४ लाख ७८ हजार रूपैयाँ रहेको छ । अर्काे सूर्या लाइफले ४ करोड ४१ लाख ३५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६८ लाख ९० हजार रूपैयाँ आर्जन गरेको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ४४ लाख ९९ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

जारी बीमालेख तर्फ सूर्या लाइफमा ११ हजार १५०, सन नेपाल लाइफमा ३१ हजार ६२९ वटा, रिलायबल नेपाल लाइफमा १ हजार ५७१ वटा, ज्योति लाइफमा ११ हजार ७९८ र सिटिजन लाइफमा ३ हजार ४६४ वटा बीमालेख जारी भएका छन् ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १५:१३