नेप्सेकाे ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेकाे ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार पनि दोहोरो अंकले घटेको छ । नेप्से ३३.३६ अंकले घटेर एक हजार ९ सय ८८ दशमलब ७४ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ६.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंक घटेको छ।

त्यसैगरी, आज कारोबार रकममा भने बृद्धि भएको छ । गत साता नेप्सेमा १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैंया बराबरको कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका २२४ कम्पनीहरुमध्ये ५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । नेप्सेमा राधी विद्युत कम्पनीको शेयर आज ५.९० प्रतिशतले बढेको छ भने रुरु जलविद्युत कम्पनीको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यसको आज १० करोड ३३ लाख ६१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १५:३४