पिपुल्स पावरको आइपीओ बाँडफाँटकाे मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स पावरको आइपीओ बाँडफाँटकाे मिति तय



काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आगामी आइतबार बाँडफाँट हुने भएको छ । आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे आफ्नै कार्यालय कमलादी,काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने जनाइएको छ । आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेकोले २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिका हुन् ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १७:१७