नेप्से परिसूचक २.८७ अंकले बढ्यो, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से परिसूचक २.८७ अंकले बढ्यो, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से २.८७ अंकले बढेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत बढेको छ ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १६ करोड ९२ लाख ६६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १५:५३