सी–आस्वा शुल्कसँगै बिक्री प्रबन्धक र बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने शुल्क पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सी–आस्वा शुल्कसँगै बिक्री प्रबन्धक र बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने शुल्क पनि घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बिक्री प्रबन्धकलाई बुझाउनुपर्ने शुल्क र बिक्री प्रबन्धकले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई बुझाउनुपर्ने शुल्क घटेको छ । बोर्डले सी–आस्वा शुल्क घटाएसँगै ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ मा तेस्रो संशोधन गरी उक्त शुल्कहरु पनि कम गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त १० रुपैयाँ बुझाउँदै आएकामा उक्त शुल्क घटाई प्रतिदरखास्त २ रुपैयाँ मा सीमित गरेको छ ।

यस्तै, केन्द्रीय निक्षेप सेवा प्रदायक सीडीएस एन्ड क्लियरिङले सुविधा उपलब्ध गराएवापत प्रतिदरखास्त १ रुपैयाँ मात्र लिन पाउने भएको छ ।

यसअघि सेवावापत २ रुपैयाँ शुल्क लिँदै आएको थियो। निर्देशिका संशोधन भएसँगै बैंकहरुले सी–आस्वा सेवावापत अधिकतम ५ रुपैयाँ मात्र शुल्क लिन लिन थालेका छन् ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १२:४०