वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौँ संस्करण, अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौँ संस्करण, अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा



काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो । यस वर्ष भदौ १६ गते अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुःआशिष शाह, धनुषा, शिक्षा प्राविधिक,विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता, दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी, निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर,राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी, सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता रहेका छन् ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, , नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छा र ज्योति गु्रप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, सौरभ ज्योति,रहने छन् ।

यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्ने जनाईएको छ । प्रतिस्पर्धीहरूलाइ भोट गर्न, आफुलाई मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३३००१ मा एसएमएस गर्न सकिने छ । फाइनलिस्टहरूका लागि भोटिङ कोडहरू :
-आशिष शाह – GTHAS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-विमर्ष पौडेल– GTHBP टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-दर्शना रिजाल – GTHDR टाइप गरी ३३००१ मा एसएमएस पठाउने
-निश्चल सिंह विष्ट– GTHNB टाइप गरी ३३००१ मा एसएमएस पठाउने

भदौ १६ गते २०२२मा वाई वाई ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिने जनाएको छ ।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार ११:४६