एक दिन पनि टिकेन नेप्सेको बृद्धि , २४.८३ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एक दिन पनि टिकेन नेप्सेको बृद्धि , २४.८३ अंककाे गिरावट



काठमाडौं । अघिल्लो दिन (सोमबार) ५५.८८ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से २४.८३ अंकले घटेर दुई हजार ४१ दशमलब ०६ विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ३.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक घटेको छ।

त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सुधार देखिएको छ। नेप्सेमा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका २२१ वटा कम्पनीहरुमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा आज अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीको शेयर करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १८७.२० रुपैंया पुगेको छ।

नेप्सेका अनुसार आज युनिलिभर नेपाल, दोर्दी खोला जलविद्युत कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, जोशि हाइड्रोपावर र हिमालयन उर्जा हाइड्रोपावरको शेयर ५ प्रतिशत भन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडि हाइड्रोपावरको भएको छ । यसको आज ४० करोड ८२ लाख ४७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 16 August, 2022 3:39 pm