सरकारी कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सरकारी कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत



काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०७९र८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।

प्रवक्ता कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १४:३४