भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले सोमबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको निगमले जनाएको छ ।


भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। यसअघि मूल्य घटेर आउँदा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेल घाटा नै रहेको जनाउँदै मूल्य समायोजन गरेको थिएन्।

यसअघि भारतीय आयल कर्पोरेसनले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर नयाँ सूची पठाएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १६:३२