काठमाडौं । बिहीबार सुनको मुल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
Comment