काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से ४४.८० अंकले घटेर दुई हजार ८८ दशमलब १६ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ८.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ३.३२ अंक घटेको छ।
त्यस्तै, आज कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैंया बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमा मल्टिपर्पोज फाईनान्स कम्पनीको ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १९ करोड ३६ लाख ६७ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment