बैंकहरुकाे सीआरआर र एसएलआरको सीमामा बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकहरुकाे सीआरआर र एसएलआरको सीमामा बृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकमा बैंकहरुले राख्नुपर्ने नगद मौज्दात अनुपात (सीआरआर रेसियो)को सीमा बढेको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत सीआरआरको रेसियो हाल ३ प्रतिशत रहेकोमा अब ४ प्रतिशत कायम भएको हो ।

आगामी भदौ १ गतेदेखि यो व्यवस्था लागू हुने जनाईएको छ । त्यस्तै वैधानिक तरलता अनुपात (एसएलआर)को सीमा पनि बढाइएको छ । अब एसएलआर वाणिज्य बैंकहरुका लागि १२ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुका लागि १० प्रतिशत कायम भएको छ ।

हाल एसएलआर वाणिज्य बैंकका लागि १० प्रतिशत, विकास बैंकका लागि ८ र फाइनान्सका लागि ७ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकहरुले यो व्यवस्था लागू गर्नुपर्नेछ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १८:४१