काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १८.०३ अंकले बढेर दुई हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ।
त्यस्तै, आज नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९८.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानीमा लार्ज क्याप फण्ड र कुमारी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ३४ लाख ८१ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment