नेप्सेमा ७.९३ अंकको बृद्धि, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा ७.९३ अंकको बृद्धि, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज शुक्रबार पनि नेप्से बढेको छ । नेप्सेमा आज ७.९३ अंकले बढेर दुई हजार ९ दशमलब ४६ विन्दुमा पुगेर रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंक बढेको छ।

आज कारोबार रकम भने घटेको छ । नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ७२ कम्पनीको शेयरमूल्य बढेका छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । साथै ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि आज ४ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकको शेयरमुल्य १० प्रतिशत बढेको छ भने सानिमा बैंकको ऋणपत्र , नबिल ब्यालेन्स फण्ड र एनआईसी एशिया डेभेन्चरको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख ५४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १४:२०